काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले ब्राजिलियन मिडफिल्डर क्यासेमिरोलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
युनाईटेडले क्यासेमिरो अनुबन्धका लागि स्पेनिस क्लब रियल मड्रिडसँग सम्झौता भएको जनाएको छ ।
क्यासेमिरो अनुबन्धका लागि युनाईटेडले रियलसँग ७० मिलियन पाउण्डको सम्झौता गरेको बताईएको छ ।
३० वर्षीय मिडफिल्डरले युनाईटेडसँग ४ वर्षको सम्झौता गर्ने छन् ।
युनाईटेडले थप एक वर्ष सम्झौता थपको लागि विकल्प समेत दिएको छ ।
क्यासेमिरो सन् २०१३ मा रियल आएका थिए ।
उनले रियलका लागि तीन ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् ।
रियलका लागि क्यासेमिरोले २ सय २२ खेल्म्मा २४ गोल गरेका छन् ।