मिडफिल्डर एनडोम्बेले नापोलीमा
शुक्रबार, भदौ ३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब नापोलीले टानगाइ एनडोम्बेलेलाई अनुबन्ध गरेको छ ।
नापोलीले मिडफिल्डर एनडोम्बेलेलाई प्रिमियर लिग क्लब टोटेनहमबाट लोनमा अनुबन्ध गरेको हो ।
नापोलीले उनलाई एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
टोटेनहमले नापोलीलाई स्थायी खेलाडीको रुपमा अनुबन्धका लागि समेत विकल्प दिएको छ ।
२५ वर्षीय फ्रेन्च मिडफिल्डर २०१९ मा लियोनबाट इंग्लिस क्लब आएका थिए ।
उनले टोटेनहमका लागि ९१ खेलमा १० गोल गरेका छन् ।
गत सिजन उनले १८ खेल खेलेका थिए ।
फ्रान्सका लागि उनले ७ खेल खेलेका छन् ।
मिडफिल्डर एनडोम्बेले नापोलीमा







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

