मोर्गन कीर्तिमानी मूल्यमा फरेस्टमा अनुबन्धित
२०२२ अगस्ट १९, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । नटिङ्घम फरेस्टले इंग्ल्यान्डका मिडफिल्डर मोर्गन जिब्स ह्वाइटलाई अनुबन्ध गरेको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले उल्भ्सबाट मोर्गनलाई अनुबन्ध गरेको हो ।
फरेस्टले उनलाई क्लबको कीर्तिमानी मूल्य २५ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिडफिल्डरले फरेस्टसँग ५ वर्षको सम्झौता गरेका छन् ।
फरेस्टले यस समरमा १६ औं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो।
मोर्गन कीर्तिमानी मूल्यमा फरेस्टमा अनुबन्धित