आरिसलाई स्वर्ण
बुधबार, ०१ भाद्र २०७९खेलपाटी संवाददाता
1660701945.jpg&w=3840&q=75)
काठमाडौं । कान्तिपुर पिङपोङ क्लबका आरिस महर्जनले १६ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जितेका छन् ।
पाटनस्थित गोड स्पिन टेबलटेनिस एकेडेमीमा भएको फाइनलमा आरिसले गोड स्पिन टेबल टेनिसका मनिष खरेललाई ४-११, ८-११, ११-६,११-५ र ११-८ ले पराजित गरे ।
एपीएमका आशिष मेहेता र कीर्तिपुरका जयराम महर्जन तेश्रो भए ।
हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिता अन्तर्गत महिला भेट्रानको उपाधि काठमाडौंकी इन्दिरा पराजुलीले जितिन् ।
पराजुलीले रोटरी क्लबकी सम्झना खरेललाई ११-६,११-८,९-११,११-७ ले पराजित गरिन् । यसोधा घिमिरे र विपना घिमिरे तेश्रो भए ।
आरिसलाई स्वर्ण







-1753545694.jpg&w=3840&q=75)


%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)


