काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्धित भएका छन् ।
बहराइनको दोस्रो डिभिजन क्लबले मनिषलाई २०२२-२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।
इतिहादले सामाजिक संजाल इन्स्टाग्रामबाट उनलाई अनुबन्ध गरिएको जनाएको छ ।
मनिषले पछिल्लो 'ए' डिभिजन क्लब मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए ।
विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलबाट मनिषले राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । उनले डेब्यु खेलमै राष्ट्रिय टिमका लागि गोल गरेका थिए ।
दक्षिण कोरियाको फुटबल एकेडेमीमा फुटबल कला निखारेका मनिषले विश्वकप छनोट अन्तर्गत चाइनिज ताईपे, जोर्डन र अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।
