काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ ।
शनिबार भएको खेलमा डन बस्कोले एमिरेट्स एफसीलाई ५-२ गोल अन्तरले हराएको हो ।
डन बस्कोको जितमा दिपाले दुई गोल गरिन् । दिपाको यो डेब्यु खेल हो ।
दिपा खेलको प्लेयर अफ दि म्याच समेत घोषित भईन् ।
बिहीबार भएको पहिलो खेलमा डन बस्कोलाई लर्ड्स एफएले १२-२ गोल अन्तरले हराएको थियो ।
दिपाले पहिलो खेल खेलेकी थिइन् । दिपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो ।