काठमाडौं । ला लिगा क्लब भ्यालेन्सियाले मिडफिल्डर निको गोन्जालेजलाई अनुबन्ध गरेको छ ।
भ्यालेन्सियाले २० वर्षीय निकोलाई बार्सिलोनाबाट लोनमा अनुबन्ध गरेको हो ।
स्पेनिस मिडफिल्डरलाई एक सिजनका लागि भ्यालेन्सियाले लोनमा अनुबन्ध गरेको हो ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका निकोले गत सिजन बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
बार्सिलोनाका लागि उनले २७ खेलमा २ गोल गरेका छन् ।
उनी स्पेनको यू-२१ टोलीका सदस्य हुन ।