फिकायोद्वारा सम्झौता नवीकरण
शनिबार, २८ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब एसी मिलानका डिफेन्डर फिकायो टोमोरीले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
इंग्लिस डिफेन्डर फिकायोले क्लबमा थप ५ वर्ष रहनेगरि सम्झौता नवीकरण गरेका हुन् ।
२४ वर्षीय डिफेन्डर २०२७ सम्म मिलानमा रहने छन् ।
उनी २०२१ मा चेल्सीबाट मिलान आएका थिए ।
फिकायोले मिलानका लागि ३१ सिरी ए खेल खेलेका छन् ।
चेल्सीको एकेडेमीमा हुर्किएका फिकायो मिलान आउनु अघि अधिकांस सिजन लोनमा खेलेका छन् ।
इंग्ल्यान्डका लागि उनले ३ खेल खेलेका छन् ।
फिकायोद्वारा सम्झौता नवीकरण











-1770487281088.png&w=3840&q=75)


