काठमाडौं । बार्सिलोनाका ४ जना नयाँ खेलाडी स्पेनिस ला लिगा फुटबलमा दर्ता भएका छन् ।
ला लिगाले बार्सिलोनाका ४ नयाँ खेलाडी दर्ता भएको र लिग खेल्न योग्य भएको जनाएको छ ।
बार्सिलोनाले हालै अनुबन्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा, फ्रान्क केसी र एन्ड्रियस क्रिस्टेनसेन दर्ता भएका हुन्।
दर्ता भएका चारै खेलाडीले सिजनको पहिलो खेल खेल्न पाउने छन् ।
बार्सिलोनाले सिजनको पहिलो खेलमा शनिबार राति रायो भालेकानोविरुद्ध खेल्नेछ ।
जुल्स कुन्डे भने दर्ता भएका छैनन् ।

फाइनान्सियल फेयर प्लेको कडाईको कारण बार्सिलोनाले यस अघि खेलाडी दर्ता गर्न सकेको थिएन ।
गम्भीर आर्थिक समस्याको बाबजुत बार्सिलोनाले पाँच खेलाडी अनुबन्ध गरेको थियो ।
आर्थिक समस्या हुँदा समेत खेलाडी अनुबन्धमा आक्रामक देखिएपछि ला लिगाले बार्सिलोनामाथि अनुसन्धान गरेको थियो।