काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा ओसासुनाले विजयी सुरुआत गरेको छ ।
शुक्रबार राति भएको उद्घाटन खेलमा सेभियालाई २-१ गोल अन्तरले हराउँदै ओसासुनाले सुखद सुरुआत गरेको हो ।
खेलको नवौं मिनेटमा इजिक्वेइल अभिलाले गोल गर्दै ओसासुनालाई अग्रता दिलाए ।
खेलको ११ औं मिनेटमा राफा मिरले गोल गर्दै सेभियालाई १-१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा ईमर ओरोजले पेनाल्टीमा गोल गर्दै ओसासुनालाई २-१ को जित दिलाए ।
यस जितसँगै ओसासुनाले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडडेको छ ।
सेभियाले हारबाट सिजनको सुरुआत गरेको छ ।