काठमाडौं । इटालियन क्लब युभेन्ट्सले मिडफिल्डर फिलिप कोस्टिकलाई अनुबन्ध गरेको छ ।
युभेन्ट्सले सर्बियन मिडफिल्डरलाई जर्मन क्लब फ्रान्कफुर्टबाट अनुबन्ध गरेको हो ।
मिडफिल्डर फिलिपले युभेन्ट्ससँग ४ वर्षको सम्झौता गरेका छन् ।
२९ वर्षीय मिडफिल्डर ४ सिजन फ्रान्कफुर्टमा बिताएर इटाली आएका हुन् ।
उनले फ्रान्कफुर्टका लागि १ सय २९ लिग खेलमा १८ गोल गरेका थिए ।
सर्बियाका लागि ४८ खेलमा ३ गोल गरेका छन् ।