काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ ।
बुधबार राति भएको खेलमा जर्मन क्लब फ्रान्कफुर्टलाई २-० ले हराउँदै रियलले उपाधिमा कब्जा जाएको हो ।
हेलसिन्कीको ओलम्पिक स्टेडियममा रियललाई जित दिलाउन डेभिड अलबा र करिम बेन्जिमाले एक एक गोल गरे ।

खेलको ३७ औं मिनेटमा अलबाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६५ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई २-० को जित दिलाए । रियलका लागि बेन्जिमाको यो ३ सय २४ औं गोल हो ।
यससँगै रियलले पाँचौं पटक यूईएफए सुपर कपको उपाधि जितेको हो।