काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब ब्रेन्टफोर्डले डेनिस विंगर मिकेल डाम्सगार्डलाई अनुबन्ध गरेको छ ।
प्रिमियर लिग क्लबले विंगर मिकेललाई इटालियन क्लब साम्पडोरियाबाट अनुबन्ध गरेको हो ।
मिकेललाई ब्रेन्टफोर्डले २० मिलियन युरोमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय मिकेलले ब्रेन्टफोर्डसँग ५ वर्षको सम्झौता गरेका छन् ।
मिकेलले इटालियन क्लबका लागि ४९ खेल खेलेका छन् ।
गत सिजन उनले ११ खेल खेलेका थिए ।
मिकेलले डेनमार्कका लागि १६ खेलमा ४ गोल गरेका छन् ।