काठमाडौं । फ्रेन्च क्लब मोनाकोले फ्रान्सेली डिफेन्डर मालाङ सारलाई लोनमा अनुबन्धित गरेको छ ।
मोनाकोले डिफेन्डर सारलाई एक सिजनको लागि चेल्सीबाट लोनमा अनुबन्धित गरेको हो ।
२३ वर्षीय डिफेन्डर २०२० मा फ्रेन्च क्लब निसबाट चेल्सी आएका थिए ।
चेल्सीसँग सारले पाँच वर्षको सम्झौता गरेका थिए ।
तर, चेल्सीले उनलाई अनुबन्ध गरेकै सिजन लोनमा पोर्टो पठाएको थियो ।
सारले चेल्सीका लागि गत सिजन २१ खेल खेलेका थिए ।
