सान्चेज मार्सेमा अनुबन्धित
बुधबार, साउन २५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । फ्रेन्च क्लब मार्सेले चिलीका फरवार्ड एलेक्सिस सान्चेजलाई अनुबन्ध गरेको छ ।
मार्सेले सान्चेजलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३३ वर्षीय फरवार्डले मार्सेसँग २ वर्षको सम्झौता गरेका छन् ।
मार्सेमा सान्चेजले ७० नम्बरको जर्सी लगाउने छन् ।
मार्सेसँगको अनुबन्धका लागि सान्चेजले इटालियन क्लब इन्टर मिलान छाडेका थिए।
फरवार्ड सन् २०१९ को अगष्टमा म्यानचेस्टर युनाईटेडबाट लोनमा इन्टर आएका थिए।
एक सिजनपछि इन्टरले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।
इन्टरका लागि सान्चेजले १ सय ९ खेलमा २० गोल गरेका छन् ।
इन्टरका लागि उनले तीन उपाधि हात पारेका थिए ।
सान्चेज मार्सेमा अनुबन्धित











