काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी आबद्द गोकुलम केरेलाले केरेला महिला लिगमा फराकिलो जित निकालेको छ ।
उद्घाटन खेलमा बुधबार गोकुलमले केरेला युनाईटेड एफसीलाई ११-० गोल अन्तरले हराएको हो ।
गोकुलमको जितमा सावित्राले ५ गोल गरिन् ।
सावित्राले पहिलो हाफमा ४ र दोस्रो हाफमा १ गोल गरेकी हुन् । उनी दोस्रो हाफमा भने सब्सिच्युड भएकी थिइन् ।
सावित्रा खेलको प्लेयर अफ द म्याच चुनिईन् ।
यस्तै सन्ध्याले २ गोल गर्दा काश्मिना, रेश्मा, भिभियान र हर्मिलानले एक एक गोल गरिन् ।

नेपालकी अर्की खेलाडी दिपा न्यौपानेले पनि केरेला महिला लिग खेल्ने छिन् ।
दिपाले डन बस्कोबाट लिग खेल्ने छिन् ।
