• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यूईएफए सुपरकप : रियल फ्रायन्कफर्टको सामना गर्दै
खेलपाटी संवाददाता
बुधबार, साउन २५, २०७९ खेलपाटी संवाददाता
यूईएफए सुपरकप : रियल फ्रायन्कफर्टको सामना गर्दै

काठमाडौं । रियल मड्रिड चाहन्छ, युरोपेली क्लब फुटबलको शिखरमा रहेको आफू तल नझरोस । यही रियलले बुधबार राति नयाँ सिजन औपचारिक रूपमा सुरु गर्दैछ, इन्ट्राख्ट फ्रायन्कफर्टविरुद्ध । अवसर हो, यूईएफए सुपरकप । अहिलेसम्म चार पल्ट युरोपेली च्याम्पियन्स लिग जित्ने एक मात्र प्रशिक्षक हुन्, कार्लो एन्सेलोटी । गत सिजन रियलले लिभरपुललाई फाइनलमा हराएर उपाधि चुमेको थियो । यिनै एन्सेलोटी चाहन्छन्, रियलको स्थान अरू कसैले नलिओस ।

उनले भर्खरै भनेका छन्, ‘जितले असिम चाहनाले प्रत्येक पल्ट राम्रो खेल्ने प्ररित गर्छ ।’ एन्सेलोटीकै नेतृत्वमा रियलले गत सिजन कीर्तिमान ३५ औं पल्ट स्पेनी ला लिगा पनि जितेको थियो । यी दुवै रियलका लागि उनको दोस्रो बसाईका उपलब्धी थिए । फाइनलमा लिभरपुललाई हराउन अगाडि रियले पेरिस सेन्ट जर्मेन (पीएसजी), चेल्सी र म्यानचेस्टर सिटीविरुद्ध अभुतपूर्व रूपमा एकपछि अर्को पुर्नआगमन जित रच्न सफल भएको थियो ।

‘हामी कहिले पनि हार खाने टिम होइनौं । प्रत्येक प्रतिद्वन्द्वीविरुद्ध हामी कडा चुनौती पेस गर्छौ,’ एन्सेलोटी थप्छन् । त्यसको अर्थ के हो भने पोहोर सिजनको युरोपा लिग विजेता जर्मन टिम फ्रायन्कफर्टविरुद्धको खेललाई रियल हल्का लिने पक्षमा छैन् । अनि यही बेला अर्को तथ्य के पनि हो भने रियल यही फ्रायन्कफर्टलाई हराएर यूईएफए सुपरकप जित्न पनि उत्तिकै चाहन्छ । एन्सेलाटी पनि मान्छन्, ‘फ्रायन्कफर्टका लागि गत सिजन विशेष रह्यो ।’

बुधबारको खेल नेपाली समय अनुसार पौने एक बजे हेलसिन्कीको ओलम्पिक स्टेडियममा हुनेछ । सुपरकपमा फ्रायन्फर्टको यो डेब्यु खेल पनि हुनेछ । सन् १९६० मा अन्तिम पटक औपचारिक खेलमा उसले रियलको सामाना गरेको थियो र अवसर थियो, युरोपेलीकप फाइनल । त्यसमा रियल ७–३ ले विजयी रहेको थियो । त्यसयता विश्व फुटबलमा धेरै उतारचढाव आए, धेरै थोक परिवर्तन पनि भए । तर यी दुई क्लबबीचको खेलको साइत भने भर्खर जुरेको छ ।

रियल आफै भने आठौं पल्ट सुपरकपमा खेल्दैछ र त्यसमध्ये चार अवसरमा उनले उपाधि जितेको पनि छ । एन्सेलोटी त सुपरकपमा अपराजित प्रशिक्षक हुन् । उनले यस अगाडि एसी मिलानका लागि दुई पल्ट र रियलका लागि एकपल्ट यो उपाधि जितिसकेका छन् । यो खेल अगाडि फ्रायन्कफर्टलाई एउटा के फाइदा छ भने जमर्न घरेलु लिग सुरु भइसकेको छ र त्यसैले टिमले आफूलाई लयमा ल्याउन केही बढी समय पाएको छ, रियलको तुलनामा ।

त्यसैले एन्सेलोटी फ्रायन्कफर्टलाई केही बलियो मान्छन् । तर यो उनले खेलेको ‘माइन्ड गेम’ पनि हो, आफ्नो विपक्षी टिमलाई उस्काउने । यो सबै कुरा निकै राम्रोसँग बुझेका खेलाडीमा पर्छन्, फ्रायन्कफर्टका गोलरक्षक केभिन ट्राप । उनी भन्छन्, ‘रियलसँग युरोपमा खेल्नुको अनुभव जति छ, अरू कोहीसँग पनि छैन् । त्यसैले जति बेला रियल युरोपमा खेल्छ, यो सबै बलियो हुन्छ ।’ फ्रायन्कफर्टले युरोपा लिग जित्ने क्रममा सुरुमा बार्सिलोनालाई पन्छाएको थियो ।

त्यसपछि फाइनलमा सेभियालाई हराएको थियो । ट्राप भन्छन्, ‘हामी त्यस्तो टिम हौ, जसकाविरुद्ध खेल्न जो कोहीलाई पनि गाह्रो हुन्छ । यसको कारण हो, हामी मैदानमा खबै मिहिनेत गर्छौ र कहिले पनि हार खाँदैनौं । पक्कै पनि हामी रियललाई सम्मान दिन चाहन्छौं, तर त्यसको अर्थ हामी डराएको हो भन्ने पनि होइन् । फ्रायन्कफर्ट सुपरलिगसम्म पुगेको छ, त्यसको अर्थ यो टिममा पक्कै पनि केही छ । रियललाई हराएर सुपरकप जितिन्छ भने त्यो अद्धितीय हुनेछ ।’

–एएफपीको सहयोगमा ।    

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
समीर भन्छन्– म आफैं यु–२३ को प्रशिक्षणमा नगएको हुँ
समीर भन्छन्– म आफैं यु–२३ को प्रशिक्षणमा नगएको हुँ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
चर्च ब्वाइजको फराकिलो जित
चर्च ब्वाइजको फराकिलो जित
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
लगातार दोस्रो पटक ल्होत्से च्याम्पियन
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
मनिष बने अफगानिस्तान टोलीको गोलकिपर प्रशिक्षक
नेयमारलाई रुवाउने खेल !
नेयमारलाई रुवाउने खेल !
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
भारतीय टोलीको बन्द प्रशिक्षणमा अटेनन् सुनिल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP