गोलकिपर जोएल लिड्समा
बुधबार, २५ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब लिड्सले गोलकिपर जोएल रोबल्सलाई अनुबन्ध गरेको छ ।
लिड्सले स्पेनिस गोलकिपरलाई स्पेनिस क्लब रियल बेटिसबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
जोएलले लिड्ससँग एक वर्षको सम्झौता गरेका छन् ।
एभर्टनका पूर्व गोलकिपर चार वर्ष बेटिसमा बिताएर प्रिमियर लिग फर्किएका हुन् ।
३२ वर्षीय जोएल २०१८ मा एभर्टनबाट बेटिस गएका थिए ।
बेटिसका लागि उनले ५६ खेल खेलेका थिए ।
उनले स्पेनको उमेर समूहको टोलीबाट खेलेका थिए ।
गोलकिपर जोएल लिड्समा









-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)

