काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले मिडफिल्डर अमाडोउ ओनानालाई अनुबन्ध गरेको छ ।
बेल्जियन मिडफिल्डरलाई एभर्टनले फ्रेन क्लब लिलबाट अनुबन्ध गरेको हो ।
२० वर्षीय मिडफिल्डरले एभर्टनसँग ५ वर्षको सम्झौता गरेका छन् ।
ओनाना अनुबन्धका लागि वेस्ट ह्यामले समेत चाँसो देखाएको थियो ।
'एभर्टनमा अनुबन्ध हुँदा खुशी लागेको छ । मलाई थाहा छ एभर्टन ठुलो क्लब हो । धेरै वर्षसम्म म यहाँ रहन चाहन्छु,' सम्झौतापछि उनले भनेका छन् ।
एभर्टनले यस समरमा पाँचौं खेलाडीको रुपमा ओनानालाई अनुबन्ध गरेको हो ।