काठमाडौं । जर्मन स्ट्राइकर टिमो वेर्नेर जर्मन क्लब आरबी लाइपजिग फर्किएका छन् ।
प्रिमियर लिग क्लब चेल्सीमा दुई सिजन बिताएर वेर्नेर लाइपजिग फर्किएका हुन् ।
२३ वर्षीय स्ट्राइकरले मंगलबार लाइपजिगसँग ५ वर्षको सम्झौता गरेका छन् ।
वेर्नेरले लाइपजिगमा ११ नम्बरको जर्सी लगाउने छन् ।
चेल्सीमा नियमित स्थान बनाउन असफल हुँदै आएपछि उनले क्लब छाडेका हुन् ।

वेर्नेर २०२० मा लाइपजिगबाटै चेल्सी आएका थिए ।
चेल्सी आउनु अघि उनले लाइपजिगका लागि १ सय ५९ खेलमा ९५ गोल र ४० असिस्ट गरेका थिए ।
वेर्नेरले चेल्सीका लागि ५६ प्रिमियर लिगमा १० गोल गरेका छन् ।
उनले चेल्सीका लागि कुल ८९ खेलमा २३ गोल गरे ।