काठमाडौं । यूईएफए सुपर कपको फाइनलमा सेमि-अटोमेटेड अफसाइड प्रविधि प्रयोग हुने भएको छ ।
सुपर कपको फाइनलमा बुधबार राति रियल मड्रिड र फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलमा सेमि-अटोमेटेड अफसाइड प्रविधि प्रयोग हुनेछ ।
युरोपियन प्रतियोगितामा पहिलो पटक यस प्रविधिको प्रयोग गरिन लागेको हो ।
यस प्रविधि अरब कपमा प्रयोग गरिएको थियो ।
आगामी कतार विश्वकपमा समेत यस प्रविधिको प्रयोग हुनेछ ।
सेमि-अटोमेटेड अफसाइड प्रविधिले जटिल अफसाइडबारे जानकारी दिन मद्दत गर्नेछ ।
यस प्रविधिले १० देखि १२ ओटा क्यामराको प्रयोग गरेर प्रति सेकेन्ड प्रति खेलाडी ५० पटक २९ ओटासम्म डाटा प्वाइन्ट टिपेर विश्लेषण गर्ने बताइएको छ।
यो प्रविधिले कुनै सम्भाव्य अफसाइड देखेमा भीएआर अर्थात् भिडियो असिस्टेन्ट रेफ्रीलाई एउटा संकेत पठाउँछ र उसले त्यसैका आधारमा अफसाइडको सिट्ठी फुक्नेछ ।