सान्चेजले छाडे इन्टर
सोमबार, २३ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । चिलीका फरवार्ड एलेक्सिस सान्चेजले इटालियन क्लब इन्टर मिलान छाडेका छन् ।
इन्टरले सोमबार सान्चेजसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
इन्टरले आपसी समझदारीमा सान्चेजसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।
फ्रेन्च क्लब मार्से जानका लागि फरवार्ड सान्चेजले इन्टर छाडेका हुन् ।
उनी मार्सेमा फ्री ट्रान्सफरमा अनुबन्धित हुने छन् ।
३३ वर्षीय फरवार्ड सन् २०१९ को अगष्टमा म्यानचेस्टर युनाईटेडबाट लोनमा इन्टर आएका थिए ।
एक सिजनपछि इन्टरले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।
इन्टरका लागि सान्चेजले १ सय ९ खेलमा २० गोल गरेका छन् ।
इन्टरका लागि उनले तीन उपाधि हात पारेका थिए ।
सान्चेजले छाडे इन्टर










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
