डिफेन्डर स्मिथद्वारा सम्झौता नवीकरण
सोमबार, २३ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रिमियर लिग क्लब बर्नेमाउथका डिफेन्डर एडम स्मिथले क्लबसँगको सम्झौता नवीकरण गरेको छ ।
बर्नेमाउथले सोमबार स्मिथले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
नयाँ सम्झौतासँगै स्मिथ २०२४ सम्म बर्नेमाउथमा रहने छन् ।
इंग्लिस डिफेन्डर २०१४ मा टोटेनहमबाट बर्नेमाउथ आएका थिए ।
३१ वर्षीय डिफेन्डरले बर्नेमाउथका लागि कुल ३ सय ६ खेल खेलेका छन् ।
उनले इंग्ल्यान्डको उमेर समूहको टोलीबाट खेलेका थिए ।
डिफेन्डर स्मिथद्वारा सम्झौता नवीकरण










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)



-1770487281088.png&w=3840&q=75)
