हरेराम स्मृति टेटे हुने
शुक्रबार, २० श्रावण २०७९खेलपाटी संवाददाता
काठमाडौं । हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १६ औं हरेराम जोशी स्मृति टेबलटटेनिस प्रतियोगिता साउन २७ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २ सय ९० पुरुष र ६० महिला खेलाडीको सहभागिता रहने प्रतिष्ठानका महासचिव राजेन्द्र कपालीले जनाएका छन् ।
प्रतियोगितामा पुरुष÷महिला खुला सिंगल्स, विभिन्न उमेर समूह र भेट्रानमा गरी १० स्पर्धामा खेल हुनेछ ।
भदौ ७ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु पुल्चोकस्थित गड स्पिन टेबलटेनिस एकेडेमीको हलमा हुनेछ ।
हरेराम स्मृति टेटे हुने







-1753545694.jpg&w=3840&q=75)

-1765245125273.webp&w=3840&q=75)





