काठमाडौं । स्पेनिस क्लब गेटाफेले स्ट्राइकर बोर्जा मायोरललाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।
गेटाफेले ला लिगा प्रतिद्वन्दी रियल मड्रिडबाट बोर्जालाई अनुबन्ध गरेको छ ।
गेटाफेले १० मिलियन युरोमा उनलाई अनुबन्ध गरेको हो ।
स्पेनिस स्ट्राइकरले गत सिजन गेटाफेमा लोनमा खेलेका थिए । उनले १८ ला लिगामा ६ गोल गरेका थिए ।
२५ वर्षीय स्ट्राइकरले गेटाफेसँग ५ वर्षको सम्झौता गरेका छन् ।