काठमाडौं । स्पेनिस मिडफिल्डर सेस फेब्रिगास इटालियन सिरी बी टिम कोमो १९०७ मा अनुबन्धित भएका छन् ।
कोमोले फेब्रिगासलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
३५ वर्षीय मिडफिल्डरले कोमोसँग २ वर्षको सम्झौता गरेका छन् ।
उनले गत महिना फ्रेन्च लिग वान क्लब मोनाको छाडेका थिए ।
फेब्रिगासले साढे तीन वर्ष मोनाकोमा बिताएर क्लब छाडेका हुन् ।
फेब्रिगास २०१९ मा प्रिमियर लिग क्लब चेल्सीबाट मोनाको आएका थिए ।
फेब्रिगासले मोनाकोका लागि ५४ खेलमा ३ गोल गरेका थिए ।
चेल्सी अघि उनले आर्सनल र बार्सिलोनाबाट खेलेका थिए ।