बार्सिलोनाद्वारा जुल्स कुन्डे सार्वजनिक
सोमबार, साउन १६, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुल्स कुन्डेलाई सार्वजनिक गरेको छ।
बार्सिलोनाले सोमबार फ्रेन्च डिफेन्डरलाई सार्वजनिक गरेको हो ।
बार्सिलोनाले केहि दिन अघि कुन्डेलाई सेभियाबाट अनुबन्ध गरेको थियो ।
तर, बार्सिलोनाले आधिकारिक रुपमा सार्वजनिक गरेको थिएन ।
२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन् ।
सेन्टर ब्याक जुलेस सन् २०१९ मा फ्रेन्च क्लब बोर्डूअक्सबाट सेभिया आएका थिए ।
सेभियाका लागि उनले युरोपा लिगको उपाधि जितेका थिए ।
फ्रान्सका लागि उनले ११ खेल खेलिसकेका छन् ।
बार्सिलोनाद्वारा जुल्स कुन्डे सार्वजनिक







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



