लिभरपुल पराजित
सोमबार, १६ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा लिभरपुल पराजित भएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुल फ्रेन्च क्लब स्टार्सवर्गसँग ३-० गोल अन्तरले पराजित भएको हो ।
स्टार्सवर्गलाई जित दिलाउन एड्रिन थोमससनले दुई गोल गरे ।
हाबिब डियालोले एक गोल थपे ।
खेलको चौंथो मिनेटमा एड्रिनले गोल गर्दै स्टार्सवर्गलाई अग्रता दिलाएका थिए ।
१४ औं मिनेटमा हाबिबले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको २१ औं मिनेटमा एड्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै स्टार्सवर्गलाई ३-० को जित दिलाए ।
लिभरपुल पराजित










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


