बराबरीमा रोकियो युनाईटेड
आइतबार, १५ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा युनाईटेड बराबरीमा रोकिएको छ ।
घरेलु मैदानमा आइतबार राति युनाईटेड स्पेनिस क्लब रायो भालेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
ओल्ड ट्राफोर्डमा सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा युनाईटेडले बराबरी खेल्नु परेको हो ।
खेलको ४८ औं मिनेटमा अमाद डियालोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ५७ औं मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै पाहुना टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै युनाईटेडको प्रि-सिजन तयारी सकिएको छ ।
बराबरीमा रोकियो युनाईटेड










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


