भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्स र श्रीलंकाले बराबरी खेल्दै अंक बाडेका छन् ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार माल्दिभ्सले श्रीलंकासँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको इन्जुरी समयमा गोल गर्दै श्रीलंकाले माल्दिभ्सलाई बराबरीमा रोकेको हो ।
खेलको इन्जुरी समयमा जे जी थिसानले गोल गर्दै श्रीलंकालाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।
त्यसअघि खेलको ७४ औं मिनेटमा आइहम हामडोनले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस बराबरीसँगै माल्दिभ्स र श्रीलंकाले एक एक अंक जोडेको छ ।
बराबरीसँगै दुबै राष्ट्र प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ ।