बेल्जियन मिडफिल्डर फरेस्टमा
आइतबार, १५ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । नटिङ्घम फरेस्टले बेल्जियन मिडफिल्डर ओरेल मंगलालाई अनुबन्ध गरेको छ ।
इंग्लिस प्रिमियर लिगको नयाँ टोली फरेस्टले मंगलालाई जर्मन क्लब स्टुटगार्डबाट अनुबन्ध गरेको हो ।
फरेस्टले उनी अनुबन्धको रकम खुलाएको छैन ।
२४ वर्षीय मंगलाले फरेस्टसँग लामो समयको सम्झौता गरेको बताईएको छ ।
गत सिजन उनले जर्मन क्लबका लागि २९ खेल खेलेका थिए ।
बेल्जियमका लागि उनले २ खेल खेलेका छन् ।
फरेस्टले यस समरमा १२ औं खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो।
बेल्जियन मिडफिल्डर फरेस्टमा










-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


