• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालको आत्मविश्वासले भारतको अनुभवलाई जित्ला ?
हेम राज हमाल
आइतबार, साउन १५, २०७९ हेम राज हमाल
नेपालको आत्मविश्वासले भारतको अनुभवलाई जित्ला ?

भुवनेश्वर । साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार तेस्रो खेलमा साविक विजेता भारतको सामना गर्दैछ ।

भुवनेश्वरस्थित कालिंगा स्टेडियममा नेपालले बलियो घरेलु टोली भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल बेलुका ७:१५ बजे सुरु हुनेछ ।

चार वर्षमा दुई पटक यस प्रतियोगिताको उपाधि जितेको नेपाल सबैभन्दा सफल राष्ट्र हो । दुई पटकको उपविजेता बंगलादेशलाई हराएर भारतले सन् २०१९ मा पहिलो उपाधि उचालेको थियो।

हेड टु हेड :

नेपालले उमेर समूहमा भारतीय टोलीसँग कहिल्यै हारेको छैन। यसअघि गोर्खाली र ब्लू टाइगर २ पटक भिडेका छन् । जसमा नेपालले दुवै पटक जितेको थियो ।

कस्तो छ भिडन्तको‌ तयारी ?

बहुप्रतिक्षित खेलको पूर्वसन्ध्यामा बोल्दै भारतका मुख्य प्रशिक्षक भेन्कटेश शान्मुगमले भने,'श्रीलंकाविरुद्ध ४-० को जितले टोलीलाई धेरै आवश्यक आत्मविश्वास प्रदान गरेको छ । तर यो त सुरुवात मात्र हो । खेल जित्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । राम्रो अन्तरले जित्दा खेलाडीलाई उनीहरूले प्रतिद्वन्द्वीलाई तोड्न सक्छन् भन्ने विश्वास दिन्छ । मलाई आशा छ कि हामी नेपालसँगको खेलमा पनि यस्तै मानसिकता बोक्न सक्छौं । हाम्रो श्रीलंकाविरुद्धको प्रदर्शन राम्रो थियो । तर अब हामीले नेपाल र माल्दिभ्सविरुद्धको अर्को दुई खेलमा ध्यान केन्द्रित गर्नुपर्छ । पक्कै पनि त्यो नतिजाले केटाहरूलाई धेरै आत्मविश्वास दिएको थियो र उनीहरु बलियो मानसिकताका साथ नेपालविरूद्धको खेलमा आउनेछन्।'

प्रशिक्षक शान्मुगम भेन्कटेश नेपाल र भारतबीचको भिडन्त निकै कडा हुने पनि बताए ।

'यो खेल हाम्रो लागि धेरै महत्त्वपूर्ण छ र केटाहरूलाई थाहा छ । यो कठिन खेल हो । नेपालले आफू निकै राम्रो टिम भएको देखाएको छ । दुवै टोली एकदमै नजिक छन् । हामीले हाम्रो खेल खेल्नुपर्छ ।'

नेपालका मुख्य प्रशिक्षक मेघराज केसी भन्छन्, 'भारतसँगको खेल हाम्रो लागि साख र प्रतिष्ठाको खेलको रुपमा समर्थकहरुले लिनु हुन्छ । तर हामी भने सकेको राम्रो खेल देखाउने हो र लक्ष्य जित नै रहनेछ। हाम्रो प्रदर्शन राम्रो हुनुपर्यो राम्रो नतिजा आउनु पर्यो ।'

'सबै टिमलाई हामीले समान मानेका छौँ ‌। त्यही अनुसार नै हामी भारतविरुद्ध खेल्ने छौ । भारतका लागि हाम्रो विशेष तयारी भनेर केही छैन सबै टिमविरुद्ध उही नै हो । उमेर समूहको लागि दक्षिण एसियाका सबै टिम बराबर नै छौँ । केही तल माथी मात्र नै छ जस्तो लाग्छ । खास फरक छैन,' केसीले थपे ।

कस्ता छन् दुबै टोली ?

भारत यू -२० :  भारतले घरेलु फुटबलमा दिन प्रतिदिन क्रान्ति ल्याएको छ । अहिले भारतको जुन यू-२० को टोली खेलिरहेको छ यसले नियमित आइलिगमा 'इण्डियन एरो टिम' को नामले प्रतिस्पर्धा गरिरहेको छ । अधिकांश खेलाडीले उच्च स्तरको आइएसएलमा खेल्दै आईरहेका छन् ।

युवा फुटबल खेलाडी उत्पादन र विकास कार्यक्रमको लागि २०१० बाट सुरु गरिएको 'एरो प्रोजेक्ट'‌ लाई २०१७ मा फेरि पुनर्जागरण गरियो । त्यसको प्रतिफल २०१८ मा अर्जेन्टिना जस्तो बलियो टोलीलाई भारतले हरायो । भारतको लक्ष्य उमेर समुहको एएफसी च्याम्पियनसिप हो । भारतले सेप्टेम्बरमा  एएफसी यू-२० च्याम्पियनसिप क्वालिफायर खेल्दैछ । जहाँ उनीहरूले समूह एच मा अष्ट्रेलिया, कुवेत र आयोजक इराकसँग खेल्नुपर्ने छ।

यस्ता धेरै तथ्यहरु भारतीय उमेर समुहको टोलीसँग जोडिएका छन् । जारी यू-२० साफमा भारतले पहिलो खेलमा हार बेहोरेको थियो उसलाई पराजित गर्ने बंगलादेशको टोली पनि बिएफएफको एलिट एकेडेमीबाट उत्पादित टोली हो ।

आइ-लिगको पछिल्लो दुई सिजनमा भारतले युवा खेलाडीलाई विकास गरेको छ । बलिया प्रतिद्वन्द्वी विरुद्ध खेलेर उनीहरूले लामो यात्रा तय गरेका छन् । अहिले त्यही युवाहरू ले भारतको जर्सी लगाउने अवसर पाएका छन् ।

नेपाल यू-२० : साफ यू–२० च्याम्पियनसिपमा नेपालले अहिलेसम्म राम्रो प्रदर्शन गर्दै माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले पराजित गरेको छ । नेपाली टोली प्रशिक्षक मेघराज केसीको नेतृत्वमा उत्कृष्ट लयमा छ । माल्दिभ्स र श्रीलङ्काविरुद्ध गोलको वर्षा गरेर आएको छ । तर अहिलेसम्म आफुले भने एउटा पनि गोल खाएको छैन । जसले नेपाललाई ठुलो आत्मविश्वास दिएको छ । तर भारत विरुद्धको खेल फरक हुनेछ । यो सत्य हो ।

यो टोलीको निर्माण गर्दा देखिनै आम अपेक्षा बढेको छ ‌। यो मेघराज केसी माथिको सबैको विश्वास हो जुन टोली उनले बनाउने छन् त्यो उत्कृष्ट नै हुनेछ ‌। साफको अहिलेसम्मको यात्राबाट यस टोलीले देखाइसकेको छ, किन उनिहरु अपेक्षाका लायक छन् । कुनै ठुलो अनुभव बिना नै पहिलोपटक साफ जस्तो प्रतियोगिता खेल्दा युवा खेलाडीहरु अलिकति पनि 'नर्भस' नहुनुले देखाउँछ प्रशिक्षण टोलीले यो नयाँ टोलीलाई तयार पार्न निकै मेहनत गरेको छ ।

के छ अंक तालिकाको समिकरण ?

अंक तालिकामा नेपाल २ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यदि भारतलाई हराएमा नेपाल शीर्ष स्थानमा उक्लनेछ । भारत पनि नेपाललाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । भारत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फाइनलमा स्थान बनाउन भारतलाई नेपालविरुद्धको खेल जित्नुपर्ने दवाव छ ।

५ राष्ट्र सहभागी च्याम्पियनसिपको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

खेल कसरी हेर्ने ?

नेपाल र भारतको खेल स्पोर्ट्सवार्क्ज युट्युब च्यानल र इलेभेन स्पोर्ट्स प्लेटफर्ममा प्रत्यक्ष प्रसारण हुनेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
टोटनह्याको जितमा रिचार्लिसनको दुई गोल
टोटनह्याको जितमा रिचार्लिसनको दुई गोल
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
एस्टन भिल्ला र न्यूकासलले अंक बाँडे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
१००औं हप्ताको शनिबारीय ग्रासरुट कार्यक्रम सकियो
बायर्नले जित्यो जर्मन सुपरकप
बायर्नले जित्यो जर्मन सुपरकप
हालान्डको रवाफिलो प्रदर्शन
हालान्डको रवाफिलो प्रदर्शन
बार्सिलोनाको उपाधि यात्रा सुरु
बार्सिलोनाको उपाधि यात्रा सुरु
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP