काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल मड्रिडले जित निकालेको छ ।
अमेरिकाको क्यालीफोर्नियामा आइतबार बिहान भएको खेलमा रियलले इटालियन क्लब युभेन्ट्सलाई २-० गोल अन्तरले हराएको हो ।
रियललाई जित दिलाउन करिम बेन्जिमा र मार्को एसेन्सियोले एक एक गोल गरे ।
खेलको १९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीबाट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को जित दिलाए ।