बार्सिलोनाको सहज जित
आइतबार, साउन १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन टुर अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जित निकालेको छ ।
आइतबार बिहान भएको खेलमा बार्सिलोनाले एमएलएस क्लब न्युयोर्क रेड बुल्सलाई २-० गोल अन्तरले हराएको हो ।
बार्सिलोनालाई जित दिलाउन ओसुमाने डेम्बेले र मेम्फिस डिपेले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा डेम्बेलेले गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए ।
खेलको ८२ औं मिनेटमा डानिलले रातो कार्ड पाएपछि घरेलु टोली १० खेलाडीमा समेटियो ।
त्यसपछि खेलको ८७ औं मिनेटमा डिपेले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।
बार्सिलोनाको सहज जित







-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



