काठमाडौं । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ ।
शनिबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ५-३ गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको हो ।
रेड बुल एरिनामा बायर्नलाई जित दिलाउन जमल मुसियाला, साडियो माने,बेन्जामिन पाभर्ड, सेर्जी जिनाब्री र लोरी सानेले एक एक गोल गरे ।
लाइपजिगका मार्सल हाल्स्टेनबर्ग, क्रिस्टोफर एनकुकू र डानी ओल्मोले एक एक गोल गरे ।

रोमान्चक खेलको १४ औं मिनेटमा जमलले गोल गर्दै बायर्नलाई सुरुआती अग्रता दिलाए ।
३१ औं मिनेटमा मानेले गोल गर्दै टिमको अग्रता २-० को बनाए । यो उनको डेब्यु गोल हो ।
खेलको ४५ औं मिनेटमा बेन्जामिनले गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
५९ औं मिनेटमा मार्सलले गोल गर्दै लाइपजिगलाई ३-१ को स्थितिमा ल्याए ।
६५ औं मिनेटमा सेर्जीले गोल गर्दै बायर्नको अग्रता ४-१ को बनाए ।

खेलको ७७ औं मिनेटमा लाइपजिगका क्रिस्टोफरले गोल गर्दा खेल ४-२ को स्थितिमा पुग्यो ।
खेलको ८९ औं मिनेटमा ओल्मोले गोल गर्दै लाइपजिगलाई ४-३ को अवस्थामा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सानेले गोल गर्दै बायर्नलाई ५-३ को जित दिलाए ।