लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि

काठमाडौं । लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।
किङ्स पावर स्टेडियममा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे ।
सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए ।

खेलको २१ औं मिनेटमा आर्नोल्डले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
तर, ७० औं मिनेटमा अल्भारेजले गोल गर्दै सिटीलाई १-१ गोलको बराबरीमा ल्याए ।
खेलको ८३ औं मिनेटमा सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा नुनेजले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।
प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन । सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो ।











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

