• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
ब्याडमिन्टन
  • गृहपृष्ठ
  • ब्याडमिन्टन
अभिषेक र राजुलाई उपाधि
खेलपाटी संवाददाता
शनिबार, साउन १४, २०७९ खेलपाटी संवाददाता
अभिषेक र राजुलाई उपाधि

काठमाडौं । तीनचुलीका अभिषेक गुरुङ र राजु थापा स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हव खुल्ला ब्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेकको पुरुष युगलको उपाधि उचाल्न सफल भएको छ ।

शनिबार भएको प्रतिस्पर्धात्मक फाइनलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११, २१–७ ले पराजित गर्दै उपाधि उचालेका हुन् । तेश्रो स्थानमा सेनाका पविन लिनथेप र सुरोज महर्जनको जोडी तथा सुर्यदर्शनका लक्ष्मण मल्ल ठकुरी र राम मल्ल ठकुरीको जोडी रहे ।

कपनको लाखेपोखरीस्थित आयोजककै आफ्नै कभर्डहलमा भएको प्रतियोगिताको शीर्ष २० बाहेकका महिला एकलतर्फको उपाधि कञ्चनपुरकी बिष्णा बिष्टले जितिन् । उनले सुर्खेतकी अग्रीमा भण्डारीलाई २१–११, २१–१० को सोझो सेटले पराजित गर्दै उपाधि उचालेकी हुन् । तेश्रो स्थानमा बेलटार ब्याडमिन्टन एकेडेमीकी अञ्जना राई र सर्लाहीकी निकिता लामा तेश्रो स्थानमा रहे ।

यु १७ ब्वाईज तर्फ सेनाका डेभिड थापा मगरले जित हात पार्दै उपाधी उचाले । थापामगरले सेनाकै कविर के.सी.लाई २१–१४, १७–२१, २१–१४ ले पराजित गर्दै उपाधी उचालेका हुन् । आयोजकको सुनिल कार्की र लाफा समुहको मनोजा फौदार तेश्रो स्थानमा चित्त बुझाउन सफल भए ।

पुरुष ४५ बर्ष माथिको खेलमा जेष्टका श्याम पराजुली र नविन श्रेष्ठको जोडीले जित हात पारे । उक्त जोडीले फाईनलमा पर्फेक्ट फिटनेश क्लबका पुर्णहरि होना र संजय कपालीको जोडीलाई २१–१८, २१–१७ को सोझो सेटमा पराजित गरे ।  खुश गुरुङ्ग र मानबहादुर रानाको जोडी र आईबिएमएसका किष्ण छयाम्जुङ्ग र राजेश शाक्यको जोडी तेश्रो स्थानमा रहे ।

यस्तै ५५ बर्ष माथिको प्रतिस्पर्धामा बुटवल ब्याडमिन्टनका नारायण प्रसाद घिमिरे र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडीले बाजी मारे । उक्त जोडीले बशुन्धाराका पुर्ण चन्द्र जोशी र उमेश के.सी.को जोडीलाई २१–१६, १६–२१, २१–६ ले पराजित गरेर उपाधी उचाले । पाँचथरका मणि कदङ्गवा र गणेश सुब्बा र पोखराका रमेश भट्टचन र कमल थापाको जोडी तेश्रो स्थानमा रहे ।

सेवानिवृत कर्मचारीहरुको प्रतिस्पर्धामा आयोजकका सुरेन बहादुर आले र ईन्द्र महताको जोडीले आयोककै सनबहादुर साम्बा र लाक्पा शेर्पाको जोडीलाइृ २१–१४, २५–२७, २१–१५ ले पराजित गर्दै यस विधाको उपाधी उचाले । तेश्रो स्थानमा खुश गुरुङ्ग र मानबहादुर रानाको जोडी तथा सामाखुसीका बिष्णु राना र टिका थापाको जोडी रहे ।

स्थानिय तर्फको खेलमा आयोजकका अर्जुन मगर र दावा शेर्पाको जोडीले बाजी मारे । उक्त जोडीले आफ्नै क्लबका ग्याल्जेन शेर्पा र लाक्पा शेर्पाको जोडीलाई २१–१६, २१–२३, २१–१३ ले पराजित गरे ।  बालाजुका सन्तोष दाहाल र चन्द्र घलेको जोडी तथा काठमाण्डौका रुपाल बादे र दीपक खड्काको जोडी तेश्रो स्थानमा खुम्चियो ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, सचिव नविन विक्रम शाह, योनेक्सको नेपालका लागि आधिकारीक विक्रेता ईनास प्रा.लि.का प्रोपाईटर राजु बास्तोला लगायतले ट्रफी, मेडल र प्रमाण पत्र वितरण गरे ।

करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष डबल्सको विजेताले ३५ हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले २० हजार र तेस्रो हुने टोलीले समान ७ हजार ५ सय हात पारे । भेट्रान्स ४५ वर्षमाथिको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रो हुनेले समान ५ हजार हात पारे । अवकाश प्राप्त, महिला एकल, ब्वाइज यू–१७ र सुपर भेट्रान्सको विजेताले समान २० हजार रुपैयाँ हात पारे । दोस्रो हुनेले समान १० हजार र तेस्रो हुनेले समान ५ हजार रुपैयाँ हात पारे । स्थानिय स्तरको विजेताले १५ हजार, दोस्रोले ८ हजार र तेस्रो हुनेले समान ४ हजार रुपैया हात पारे

प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा भएको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
ब्याडमिन्टनको 'ट्यालेन्ट हन्ट' प्रतियोगिता हुने
सुविन र रिहान्ना च्याम्पियन
सुविन र रिहान्ना च्याम्पियन
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
रामजीलाई राहत, सुभाषलाई रोक्न अन्तरिम आदेश
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
कृतन र मन्दिरा बने ब्याडमिन्टन एसियाको अम्पायर
भोजबहादुर र रोजी च्याम्पियन
भोजबहादुर र रोजी च्याम्पियन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
एनआरटीको पुनरागमन जितमा सुगमको २ गोल
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
विज्ञानसहित थप १३ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
प्रधानमन्त्री भन्छन्– एनपीएल रोकिँदैन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP