काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका गोलकिपर एन्जिला तुम्बापो सुब्बा सम्मानित भएकी छिन् ।
याक्थुङ लिम्बुहरुको सामाजिक संस्था याक्थुङ युवा मन्च जिल्ला कार्यसमिति काठमाडौंले शनिबार एन्जिलालाई सम्मान गरेको हो ।
फुटबलको माध्यमबाट समाज र देशलाई पुर्याएको योगदानलाई मुल्याङ्कन गर्दै एन्जिलालाई सम्मान गरिएको याक्थुङ युवा मन्चले जनाएको छ ।
एन्जिलालाई नगद १० हजार, सम्मान-पत्र तथा लिम्बुहरुको मौलिक चिनारी सिलाम साक्माले सम्मान गरिएको हो ।
किरात याक्थुङ चुम्लुङ ललितपुरको सभाहलमा प्रमुख अतिथी राष्ट्रिय टिम तयारी निर्देशक महेन्द्र कुमार राईले एन्जिलालाई सम्मान गरे ।
.jpeg)
सम्मानपछि बोल्दै एन्जिलाले आफ्नो योगदानको कदर भएको बताउँदै सम्मानित हुन पाउदा खुशी लागेको बताईन ।
साग रजत पदक विजेता एन्जिला अर्को महिना नेपालमै हुने साफ महिला च्याम्पियनशिपको तयारीमा छिन् ।
यस्तै याक्थुङ युवा मन्चले गतसाता आयोजित सिसेक्पा कप पुरुष फुटसल प्रतियोगिताको बिजेता सेभेन वेएज फुटसल तथा उपबिजेता याक्थुङ युथ एसोसीएसनलाई पुरस्कार बितरण पनि गरेको थियो ।
विजेता सेभेन वेएजले उपाधि ट्रफीसहित नगद ५५ हजार ५ सय ५५ प्राप्त गरेको छ ।
उपविजेता याक्थुङ युथले ३३ हजार ३ सय २२ सहित ट्रफी प्राप्त गरेको छ ।