काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेड पराजित भएको छ ।
नर्वेको ओस्लोमा शनिबार भएको खेलमा युनाईटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग १-० गोल अन्तरले पराजित भएको हो ।
एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले निर्णायक गोल गरे ।
उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको इन्जुरी समयमा युनाईटेड १० खेलाडीमा समेटिएको थियो ।
फ्रेडले रातो कार्ड पाएपछि युनाईटेड अन्तिम केहि मिनेट १० खेलाडीमा खेलेको थियो ।
अब युनाईटेडले आइतबार अर्को स्पेनिस क्लब रायो भालेकानोसँग खेल्नेछ ।