काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा आर्सनलले फराकिलो जित निकालेको छ ।
इमिरेट्स स्टेडियममा शनिबार आर्सनलले स्पेनिस क्लब सेभियालाई ६-० गोल अन्तरले हराएको छ ।
आर्सनललाई जित दिलाउन ग्राबियल जिससले ह्याट्रिक गरे । बुकायो साका र एड्डी एनकेटिह नाममा एक एक गोल रह्यो ।
खेलको दशौँ मिनेटमा साकाले पेनाल्टीमा गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको १३ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।
१५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता तेब्बर बनाए ।
खेलको १९ औं मिनेटमा साकाले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई ४-० को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा जिससले ह्याट्रिक पूरा गर्दा आर्सनल ५-० ले अघि रह्यो ।
त्यसपछि खेलको ८८ औं मिनेटमा एड्डीले गोल गर्दै आर्सनललाई ६-० को जित दिलाए ।
