मार्टिन आर्सनलको कप्तान चयन
शनिबार, १४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले मिडफिल्डर मार्टिन ओडेगार्डलाई कप्तान नियुक्त गरेको छ ।
आर्सनलले शनिबार मिडफिल्डर मार्टिनलाई कप्तान नियुक्त गरिएको जनाएको छ ।
नर्वेका मिडफिल्डर मार्टिन २०२१ मा रियल मड्रिडबाट आर्सनल आएका थिए ।
आर्सनल आएबाटै उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
२३ वर्षीय मार्टिनले आर्सनलका लागि ६० खेलमा ९ गोल गरिसकेका छन् ।
उनी गत मार्चबाट नर्वेका कप्तान चयन भएका थिए ।
उनले नर्वेका लागि ४३ खेल खेलिसकेका छन् ।
मार्टिन आर्सनलको कप्तान चयन











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

