साफ यू-१७ : नेपाल समूह 'बी' मा
शनिबार, साउन १४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । श्रीलंकामा आयोजना हुने साफ यू-१७ च्याम्पियनसिपको समूह विभाजन सार्वजनिक भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यू-१७ साफको समूह विभाजन सार्वजनिक गरेको हो ।
नेपाल समूह 'बी' मा परेको छ ।
नेपालको समूहमा भारत र भुटान रहेको छ ।
यस्तै समूह 'ए' मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश रहेको छ ।
श्रीलंकामा आयोजना हुने साफ यू-१७ आगामी सेप्टेम्बर ५ बाट हुनेछ ।
नेपालले यू-१७ साफका लागि खेलाडी छनोट गरिरहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई यू-१७ राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त समेत गरिसकेको छ ।

साफ यू-१७ : नेपाल समूह 'बी' मा






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
