पोखरा । आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।
आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन गरी गत माघ ६ देखि १५ गते सम्म पोखरा रंगशालामा आयोजना भएको २० औं संस्करणको प्रतियोगिताको आय व्यय सार्वजनिक गरेको हो ।
क्लबका वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशवराज बरालले कोभिडका कारण प्रतियोगिताबाट सोंचे अनुसार बचत गर्न नसकिएको बताए । १९ औं संस्करणमा २२ लाख बचत भएकामा यसपटक भने १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ नोक्सान भएको अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले जानकारी दिए ।
प्रतियोगिताबाट ६६ लाख ४१ हजार १ सय ८१ आम्दानी र ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ ।
प्रतियोगिता सम्पन्न भए पश्चात सहारा क्लब अष्ट्रेलियाबाट ५ लाख १ हजार, युकेबाट लाख र अष्ट्रेलियाबाट १ लाख नगद सहयोग भएको क्लबले जनाएको छ । त्यस्तै मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिबाट १ लाख बराबरको रारा तयारी चाउचाउ, अप्रिला स्कुटरबाट १ लाख ३१ हजार रुपैयाँ, एक्स टेप स्र्पोटवयरद्धारा १ लाख ९० हजार रुपैयाँ र विभिन्न संघ संस्थाहरुबाट २ लाख बराबरको अतिरिक्त सहयोग भएको संयोजक बरालले बताए ।
प्रतियोगिताबाट ६६ लाख ४१ हजार १ सय ८१ आम्दानी र ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ । सहयोग पश्चातपनि प्रतियोगिताबाट अझै ३ लाख ४७ हजार ८ सय १८ रुपैयाँ घाटा लागेको छ ।
क्लबका अध्यक्ष हरिराम गुरुङ सुरजले विषम परिस्थितिका बावजुद सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नु नै महत्वपूर्ण रहेको बताए । निरन्तरता नै मुख्य कुरा भएको उल्लेख गर्दै नाफा घाटा गौण रहेको बताए ।
कोभिडका कारण सेमिफाइनल र फाइनल बाहेक अन्य खेल दर्शक बिना नै खेलाइएको थियो कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको थियो । एकेडेमीमा हाल विभिन्न १० जिल्लाका १३ जना विद्यार्थीहरु रहेका छन् ।
