डर्टमण्ड दोस्रो चरणमा
शनिबार, १४ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । बोरुसिया डर्टमण्ड डीएफबी पोकलको दोस्रो चरणमा प्रवेश गरेको छ ।
शक्रबार राति भएको खेलमा १८६० म्युनिखलाई ३-० गोल अन्तरले हराउँदै डर्टमण्ड दोस्रो चरणमा पुगेको हो ।
डर्टमण्डलाई जित दिलाउन डोनएल मालेन, जुड बेलिङघम र करिम एडिएमीले एक एक गोल गरे ।
खेलको आठौं मिनेटमा मालेनले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए ।
बेलिङघमले ३१ औं मिनेटमा गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ३५ औं मिनेटमा करिमले गोल गर्दै डर्टमण्डलाई ३-० को सहज जित दिलाए ।
डर्टमण्ड दोस्रो चरणमा











-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)

