काठमाडौं । प्रिमियर लिग क्लब एभर्टनले विंगर ड्वाइट म्याकनिललाई अनुबन्ध गरेको छ ।
एभर्टनले बर्नलीबाट म्याकनिललाई २० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
२२ वर्षीय विंगरले एभर्टनसँग ५ वर्षको सम्झौता गरेका छन् ।
एभर्टनले यस समरमा तेस्रो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।
इंग्ल्यान्डका पूर्व यू-२१ का खेलाडी म्याकनिलले बर्नलीका लागि १ सय ४० खेल खेलेका थिए ।