काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले डिफेन्डर नहुएल मोलिनालाई अनुबन्ध गरेको छ ।
एट्लेटिकोले डिफेन्डर मोलिनालाई इटालियन क्लब उडीनेजेबाट अनुबन्ध गरेको हो ।
राइट ब्याक मोलिनाले एट्लेटिकोसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उडीनेजेमा दुई सिजन बिताएर उनी एट्लेटिको आएका हुन् ।
अर्जेन्टिनी डिफेन्डरले ६८ खेलमा १० गोल र ७ असिस्ट गरेका छन् ।
अर्जेन्टिनाका लागि उनले १७ खेल खेलेका छन् ।