काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले ६ नम्बरको जर्सी लगाउने भएका छन् ।
युनाईटेडले क्लबका नयाँ खेलाडी मार्टिनेजलाई ६ नम्बरको जर्सी प्रदान गरिएको जनाएको छ ।
डिफेन्डर मार्टिनेज डच क्लब आयाक्सबाट हालै युनाईटेड आएका हुन् ।
२४ वर्षीय डिफेन्डरले युनाईटेडसँग ५ वर्षको सम्झौता गरेका छन् ।

अर्जेन्टिनी डिफेन्डर मार्टिनेज २०१९ मा आयाक्समा अनुबन्धित भएका थिए ।
डच क्लबका लागि उनले १ सय २० खेल खेलेका छन् ।
सेन्टर डिफेन्डरले आयाक्समा युनाईटेडका अहिलेका मुख्य प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा खेलेका थिए ।
युनाईटेडले यस समरमा तेस्रो खेलाडीको रुपमा मार्टिनेजलाई अनुबन्ध गर्न लागेको हो ।
यस अघि युनाईटेडले मालासिया र क्रिस्टियन एरिक्सनलाई अनुबन्ध गरिसकेको छ ।