काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले युवा डिफेन्डर एडम अज्नोउलाई अनुबन्ध गरेको छ ।
बायर्नले १६ वर्षे डिफेन्डरलाई बार्सिलोनाबाट फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।
लेफ्ट ब्याक एडमले बायर्नसँग २०२५ सम्मको सम्झौता गरेका छन् ।
यस्तै बायर्नलाई उनलाई व्यवसायिक सम्झौताका लागि समेत बिकल्प दिएको छ ।
अब उनी बायर्नको युथ टोलीमा रहेर खेल्ने छन् ।
एडमले बायर्नको यू-१७ टोलीबाट खेल्ने छन् ।
गत सिजन उनले बार्सिलोनाको यू-१६ टोलीबाट खेलेका थिए ।
एडमले स्पेनको यू-१६ टोलीबाट खेलिसकेका छन् ।
त्यस्गाही उनले मोरक्कोको यू-१५ टिमबाट खेलेका थिए ।
