काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब उल्भ्सका फरवार्ड राउल जेमिनेज चोटको कारण केहि हप्ता मैदान बाहिर रहने भएका छन् ।
प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा चोट बोकेका जेमिनेज केहि हप्ता मैदान बाहिर रहने उल्भ्सले जनाएको छ ।
टर्किस क्लब बेसिकाट्सविरुद्धको मैत्रीपूर्ण खेलमा उनले चोट बोकेका थिए ।
जेमिनेजको घुँडा र ग्रोईन इन्जुरी भएको बताईएको छ ।
उनी उल्भ्सको मेडिकल टिमको निगरानीमा रहेका छन् ।
उल्भ्सले अगस्ट ६ मा लिड्ससँग खेल्दै सिजनको सुरुआत गर्नेछ ।