काठमाडौ । प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले डिफेन्डर क्रिस रिचार्ड्सलाई अनुबन्ध गरेको छ ।
क्रिस्टलले जर्मन क्लब बायर्न म्युनिखबाट डिफेन्डर क्रिसलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय डिफेन्डरले प्रिमियर लिग क्लबसँग ५ वर्षको सम्झौता गरेका छन् ।
अमेरिकन डिफेन्डर तीन सिजन बायर्नमा बिताएर क्रिस्टल आएका हुन् ।
उनले गत सिजन होफेनहाइमबाट लोनमा खेलेका थिए ।
अमेरिकाका लागि उनले ८ खेल खेलेका छन् ।
मुख्य प्रशिक्षक प्याट्रिक भिएराले चौंथो खेलाडीको रुपमा उनलाई अनुबन्ध गरेको हो ।